Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०७८ सोमवार • १७:५८:३६ बजे
  • 742
    SHARES
  • पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।

    यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । यस्तै मृतकको संख्या ७ हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology