Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नक्कली प्रेस कार्ड लिएर विद्युतीय सामाग्री बिक्री गर्दै हिड्ने एक जना पक्राउ

नक्कली प्रेस कार्ड लिएर विद्युतीय सामाग्री बिक्री गर्दै हिड्ने एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २४, २०७८ सोमवार • १८:५२:१४ बजे
  • 1.1K
    SHARES
  • नक्कली प्रेस कार्ड लिएर विद्युतीय सामाग्री बिक्री गर्दै हिड्ने एक जना पक्राउ

    पोखरा । काठमाण्डौँको कमलपोखरीबाट श्रीहरि प्रिन्टर्स छापाखानाका सञ्चालक नक्कली प्रेस पाससहित पक्राउ परेका छन् । बा ११ च १९२२ नम्बरको कारमा प्रेस पास टाँसेर निषेधाज्ञामा विद्युतीय सामाग्री बिक्री गर्दै गरेको अवस्थामा आज छापाखानाका सञ्चालक अर्नब चौधरी प्रहरीको नियन्त्रणमा पुगेका हुन् ।

    images

    निषेधाज्ञामा सबै व्यवसाय बन्द रहेको समय उनले प्रधानसम्पादकको प्रेस कार्ड बनाएर सामान बिक्री गर्ने गरेको रहस्य खुलेको छ । चौधरीले प्रेस पासको दुरुपयोग गरेको देखिएकाले नियन्त्रणमा लिइएको बताइएको छ ।

    अत्यावश्यक कार्यबाहेक अन्य काममा बाहिर ननिस्कन प्रशासनले अनुरोध गर्दै आएको छ । सञ्चारकर्मीको हकमा सूचना विभागको प्रेस पास वा जिल्ला प्रशासनको अनुमति पत्रमा मात्र हिँडडुल गर्न प्रशासनले आग्रह गरेको बेलामा चौधरी नक्कली प्रेस कार्डसहित समातिएका हुन् ।

    पत्रपत्रिका र किताव छाप्ने ठाउँलाई प्रेस भन्ने गरिएतापनि प्रेस भन्नाले पत्रकारितामा सँलग्न ब्यक्ति भन्ने बुझिन्छ । छापाखानाका साहुजीलाई पत्रकार भनाउन र कार्ड भिर्न छुट हुन्न ।

    त्यसमाथि छापाखानामा त मेशिनम्यान,पेपर कटरको दरवन्दी हुन्छ,छापाखानाले प्रधान सम्पादक राख्ने सँसारमै चलन छैन । जन आस्थाले लेखेको छ ।

  • सम्बन्धित विषय:

  • # नक्कली प्रेस कार्ड
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology