Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा काेराेना संक्रमित राजवंशी घर जान पाएनन्

बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा काेराेना संक्रमित राजवंशी घर जान पाएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७८ मंगलवार • १३:०९:३० बजे
  • 958
    SHARES
  • बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा काेराेना संक्रमित राजवंशी घर जान पाएनन्

    झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का नारायणचन्द्र राजवंशी यतिबेला आफ्नो उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य बनेका छन् । यो समाचार युवराज आचार्यले न्युज २४ मा लेखेका छन ।

    images

    १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएर अवस्था गम्भीर बनेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना भएका राजवंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् । आइसियूमा राखेर उपचार गराएका उनको अबस्था सामान्य बन्दै गएको उनकी श्रीमती सुष्मा राजवंशीले बताईन् ।

    उनले भनिन्, ‘कोरोनाको महामारीबाट उपचार गरेर आफ्ना पतिलाई त बचाएँ तर अस्पतालबाट घर लैजान सकेकी छैन ।’ सामान्य पेशा-व्यवसाय गर्ने राजवंशी परिवारले अस्पतालमा २ लाख रुपैयाँ डिपोजिट गरेका छन् । तर, अस्पतालको खर्च १० लाखभन्दा बढी उठिसकेको सुष्माले बताइन् ।

    ‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौं’, उनले समस्या सुनाइन्, ‘बाँकी ८ लाख के गरी तिर्नु ? टेन्सन भएको छ ।’ उनले आफ्नो पतिलाई घर लैजान सबैसँग आर्थिक सहयोगको आह्वान गरेकी छन् । सहयोगी मनहरुलाई आफ्नो ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology