Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कास्कीमा क'रे'न्ट ला'गेर एक बालकको मृ'त्यु

कास्कीमा क'रे'न्ट ला'गेर एक बालकको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १३:३२:२६ बजे
  • 2.8K
    SHARES
  • कास्कीमा क'रे'न्ट ला'गेर एक बालकको मृ'त्यु

    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० होदुमा क'रे'न्ट ला'गेर एक बालकको मृ'त्यु भएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको क'रे' ला'गेर सोमबार दिउँसो मृ'त्यु भएको हो । आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा क'रे'न्ट ला'गेर बे'होस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृ'त्यु भएको प्रहरीले जनाएको छ ।

    images

    नेपाल जोर्डनसँग पराजित

    फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति कुवेत सिटीमा भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

    जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल अरबले थपे । जोर्डनले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल गर्याे । खेलको २३ औँ मिनेटमा गोल गर्दै जोर्डनले अग्रता लिएको थियो । उसकाे लागि फैसनले पेनाल्टीमार्फत गोल गरेका थिए । रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।

    खेलको ४८ औँ मिनेटमा फैसनले नै गोल गर्दै अग्रता दोब्बर बनाए । उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो । खेलकाे ६७ औँ मिनेटमा अरबले गाेल गर्दै जाेर्डनकाे अग्रता ३-० बनाए । समूह बी मा रहेको नेपालले ६ अंक जोडेर चौथो स्थानमा छ ।

    जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ। अब नेपालले अन्तिम खेल खेल्न बाँकी छ । नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ।

    यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology