Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

को'रोनाको आशंकामा श'व छुन नमानेपछि दुई छोरीले आफैले श'बयात्रा गरि दा'ह संस्कार गरे

को'रोनाको आशंकामा श'व छुन नमानेपछि दुई छोरीले आफैले श'बयात्रा गरि दा'ह संस्कार गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७८ मंगलवार • १६:३६:५९ बजे
  • 2.3K
    SHARES
  • को'रोनाको आशंकामा श'व छुन नमानेपछि दुई छोरीले आफैले श'बयात्रा गरि दा'ह संस्कार गरे

    तस्वीर राजधानी दैनिकबाट साभार

    images

    उदयपुर । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको म'त्यु भएपछि छिमेकीले को'रो'नाको आ'शंकामा उनको श'व छुन नमानेपछि दुई छोरीले आफैले श'बया'त्रा गरि दा'ह सं'स्कार गरेका छन् ।

    उनको छोरी भगवती र कुमारीले श'बया'त्रा पछि दागबत्ती दिएर अन्तिम सं'स्का'र गरेका हुन् । इश्वर तामाङले राजधानि दैनिकमा समाचार लेखेका छन ।

    आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदी बहिनीले सोमबार बुबाको मृ'त्युपछि आफैंले श'बयात्रा गरी दा'हसंस्कार गरेका हुन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृ'त्युपछि छिमेकीले श'व छु'न नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

    बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफनो समुदायका आफन्त र दाजु भाइ छैनन् । स्थानीयले श'व न'छुने तर, अन्य सहयोग गर्ने भनेपछि दुई छोरीले सं'स्कार अनुसार श'वयात्रा गरी तवाखोलाको घाटमा दा'हसंस्कार गरेका हुन् ।

    दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ आएर बसेका थिए । दुई छोरी र श्रीमती सहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

    लामो समय देखि पेटको समस्याले बिरामी परेका बालबहादुर बैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थ'लिएर मृ'त्यु भएका बालबहादुरको मृ'त्युपछि को'रोना सं'क्रम'णको कारण देखाउँदै स्थानीयले श'ब छु'न नचाहेको स्थानीयबासीले बताए ।

    ‘बुबाको हामी आफैंले श'बयात्रा गरेर दा'हसंस्कार ग¥यौं’ छोरी भगवतीले भनिन् ‘अब मगर संस्कार संस्कृति अनुसार काजकिरिया पनि गर्छौं ।’ मगर संस्कार अनुसार ७ दिनमा बालबहादुरको काजकिरिया सकिने छ । अहिले दुई छोरी कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेका छन् ।

    मृ'तक थापाको १ छोरा २ छोरी छन् । छोरा गरिबीका कारण कमाउन भारतको कोइला खानीमा गएका छोरा अझैसम्म फर्किएका छैनन् ।समाचार हामीले राजधानी दैनिकबाट साभार गरेका हौ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology