Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदै

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • ०९:३३:०१ बजे
  • 868
    SHARES
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदै

    इजलास गठनमा विवाद हुँदै विषयबस्तुमा केन्द्रित हुन नसकेका प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुदैछ । प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।

    images

    तर प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा सोमबार समस्या आएपछि आजका लागि सारिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् । इजलास गठनकै विषयमा विवादका कारण विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । यसअघि शुरुमा रिट निवेदक पक्षका कानुन व्यावासायीहरुले इजलास गठनमा प्रश्न उठाएका थिए भने प्रधानन्यायाधीश राणाले आइतबार इजलास पुनर्गठन गर्दै वरिष्ठताको आधारमा गठन गरेपछि सरकार पक्षले त्यसको विरोध गर्दै आएको छ ।

    आइतबार ओली निकट वकिलहरूले इजलासको रोष्टरमा रहेका ११ न्यायाधीशको संसदीय सुनुवाइ हुँदाका बखत सांसद रहेका व्यक्तिहरु पनि रिट निवेदक भएकाले ती ११ जना न्यायाधीश बस्न नहुने तर्क अघि सारेका थिए भने उनीहरुले १८ गते राय व्यक्त गरेका दुईजना न्यायाधीश दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराई इजलासमा बस्न नहुने तर्क अगाडी सारेका थिए । प्रधानन्यायाधीश राणाले कुनैपनि न्यायाधीश इजलासमा बस्न योग्य नभएको प्रश्न उठाउँदा मानहानी मुद्धा लाग्ने भन्दै कारवाही हुनसक्ने चेतावनी दिन बाध्य भएका थिए ।

    आजको इजलासमा पुरानैले निरन्तरता पाउछन या प्रधानन्यायाधीश राणाले फेरी पुनर्गठन गर्छन भन्ने स्पष्ट हुन सकेको छैन । मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग गर्दै ३० वटा रिट निवेदन दायर भएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology