Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक दुई दिनभित्रमै मनसुन नेपालमा प्रवेश गर्ने ,सतर्कता अपनाउन आग्रह

एक दुई दिनभित्रमै मनसुन नेपालमा प्रवेश गर्ने ,सतर्कता अपनाउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • ०९:३५:१८ बजे
  • 1.1K
    SHARES
  • एक दुई दिनभित्रमै मनसुन नेपालमा प्रवेश गर्ने ,सतर्कता अपनाउन आग्रह

    नेपालमा वर्षा याम शुरु हुन लागेको छ । वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुले बताएका हुन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन सधैंजसो नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने गर्छ ।

    images

    मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरैजसो स्थानहरुमा बादल लागेको पौडेलले बताए । जसको फलस्वरुप काठमाडौं उपत्यकामा पनि चिसो महसुस हुन थालेको छ। ‘अब एक दुई दिनभित्रमै मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘हामी निरन्तर अध्ययनमा छौं, भरे र भोलिसम्म यस विषयमा बुलेटिन जारी गर्छौं होला।’ उनका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ।

    दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्याडागास्कार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ। यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकहरुले क्षतिबाट बच्ने तयारी गर्न सुझाव दिएका छन्। ‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले नै ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ।

  • सम्बन्धित विषय:

  • # मनसुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology