Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा मिक्चर गाडी दुर्घटना चाउथेका थापाको मृत्यु अर्का घाइते

पोखरामा मिक्चर गाडी दुर्घटना चाउथेका थापाको मृत्यु अर्का घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २६, २०७८ बुधवार • ०९:४८:४० बजे
  • 1.1K
    SHARES
  • पोखरामा मिक्चर गाडी दुर्घटना चाउथेका थापाको मृत्यु अर्का घाइते

    पोखरा । मंगलवार पोखरामा मिक्चर गाडी दुर्घटना हुदाँ सहचालक युवाको मृत्यु भएको छ । य्सै गरी अर्का युवा चालक भने घाइते भएका छन ।

    images

    पोखरा १८ सराङकोट स्थित मेथलाङमा ग १ क ३१८७ नं मिक्चर दुर्घटना हुदाँ पोखरा १४ चाउथे २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको हो भने चालक कोटेश्वर घर भई पोखरा ५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी घाइते भएका हुन ।

    बिहान करिब १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

    मिक्स्चर आफै अनियन्त्रित भई सडकको बायाँ तर्फ नालीमा पल्टिएको बताइएको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology