Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विषालु च्याउ खाँदा दुईको मृत्यु

विषालु च्याउ खाँदा दुईको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २६, २०७८ बुधवार • १०:१४:३७ बजे
  • 1.3K
    SHARES
  • विषालु च्याउ खाँदा दुईको मृत्यु

    इलाम । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ।

    images

    ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो। दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

    यस्तै जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो। वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन्। उनीहरूलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो। उपचारपछि उनीहरु घर फर्केका छन्।रासस

  • सम्बन्धित विषय:

  • # च्याउ खाँदा मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology