Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सुनुवाइ सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • १३:१७:२४ बजे
  • 901
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सुनुवाइ सुरु

    संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपक कुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । दुई न्यायाधीशले इजलास छाड्नुपर्ने भनी यसअद्धि सरकार पक्षका कानुन व्यवसायीले सझाव दिएपछि विवाद भएको थियो ।

    images

    तर, दुवै न्यायाधीशले आज कुनै राय दिएनन् बरु प्रधानन्यायाधीशले सुनुवाइ अघि बढाउने आदेश दिएका छन् । इजलासको विवादबारे न्यायाधीश ईश्वर खतिवडाले संविधानतः प्रधानन्यायाधीशबाहेक इजलासमा नबन्ने र बाँकी न्यायाधीश एउटै डुंगामा रहेको भन्दै परिस्थितिवस इजलासमा आएका कसैले पनि छाड्न नसक्ने बताए ।

    बेञ्चमा गठनको विषयमा अब उप्रान्त केही कुरा नसुन्ने र जे भन्नु पछी फैसलामा भन्ने उनले बताए । रिट निवेदक शेर बहादुर देउवालको पक्षबाट बढीमा आधा घन्टा बहसका लागि समय दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा विघटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology