पोखरा । बुधबार बिहान झापामा क'रेन्ट ला'गेर एक बालकको मृ'त्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेका छन ।
प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको ना' ङ्गो ता'र छुँदा ती बालकलाई क'रेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक हस्पिटल ल्याइ पुर्याउना साथ चिकित्सकले मृ'त घोषित गरेको प्रहरीले जनाएको छ।
नयाँबजारमा वे'वारि'से अ'वस्था'मा एक पुरुषको श'व फेला
पोखरा । पोखराको नयाँबजारमा वे'वारि'से अ'वस्था'मा एक पुरुषको श'व फेला परेको छ ।
पोखरा ९ नयाँबजार स्थित गण्डकी मेडिकल कलेज नजिकै रहेको प्रतिक्षालयमा वतन नखुलेको सडकमा बस्ने, खाने ६५ बर्षका राम बहादुर राई मृ'त अ'वस्था'मा फेला परेका हुन ।
खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि श'वलाई पोखरा क्षेत्रीय अस्पताल लगिएको र यसवारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।