Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दुई भारतीय नागरिक स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित पक्राउ

दुई भारतीय नागरिक स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २६, २०७८ बुधवार • १५:०८:०३ बजे
  • 586
    SHARES
  • दुई भारतीय नागरिक स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित पक्राउ

    रौतहट । रौतहटबाट दुईजना भारतीय नागरिक स्रोत नखुलेको ३० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेका छन् ।

    images

    पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् । बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।

    प्रहरीका अनुसार पक्राउ परेका बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पुर्‍याउन आएको बताएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology