पोखरा । निर्माणाधीन ढलान बाटोको अनुगमन गर्न पुगेका गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्मा घाइ'ते भएकी छन् । यसै गरी बाटो उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइली पनि घाइ'ते भएका छन ।
पोखरा महानगरपालिका २१ स्थित फोक्सिङमा निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा अचानक ढलान पाइप उछिट्टिएर लाग्दा उपसभामुख शर्मा घाइ'ते भएकी हुन् । ढलान बाटो अनुगमनका क्रममा उपसभामुख शर्मासहित बाटो उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइली पनि घा'इते भएको उपसभामुख शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिए ।
पाइप उछिट्टिएर घा'इते भएका उपसभामुख शर्मा र रसाइलीलाई दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको थियो ।
उपचारका लागि अस्पताल पुगेकी उपसभामुख शर्मा सामान्य उपचारपछि घर फर्किएकी छन् । उपभोक्ता समितिका अध्यक्ष रसाइलीको खु'ट्टा भाँ'चि'एकाले अस्पतालमा उपचार भैरहेको छ ।