Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला

सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २६, २०७८ बुधवार • २०:१५:२२ बजे
  • 1.4K
    SHARES
  • सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला

    बझाङ । बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन् । खप्तड छान्ना गाउँपालिका ४ खत्री गाउँका अन्दाजी ३५ वर्षीय डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृतावस्थामा फेला पारेको जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाएको छ ।

    मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology