Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले पुर्दा वेपता

बाग्लुङ पहिरोमा बेपत्ता दुईमध्ये चालकको शव फेला

बाग्लुङ पहिरोमा बेपत्ता दुईमध्ये चालकको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७७ आइतवार • १०:२७:२७ बजे
  • 8.8K
    SHARES
  • बाग्लुङ पहिरोमा बेपत्ता दुईमध्ये चालकको शव फेला
    बाग्लुङ :बागलुङमा गएराती स्काभेटर लगायत तीन सवारी साधन पहिरोले पुर्दा वेपता दुईजना मध्य एक जनाको शवको उद्दार गरिएको छ । 

    बाग्लुङ नगरपालिका–१ रामरेखाको निरहेघाटमा सुक्खा पहिरोमा परी बेपत्ता दुईजनामध्ये एकजनाको शव फेला परेको हो । शनिबार राति ९ बजे गएको पहिरोमा एक ट्रयाक्टर र एक डोजरसँगै चालकहरु पुरिएका थिए। तीमध्ये ट्रयाक्टर चालक बाग्लुङ–५ मालिकाका २५ वर्षीय रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो।

    उनीसँगै बेपत्ता भएका अर्का एकजना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए।

    पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खटिएका थिए। निरन्तर पहिरो खसेकाले जोखिम भएपछि राति उद्धार रोकिएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology