Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराका अग्रज पत्रकार बाँस्तोलाको कोरोना संक्रमणका कारण निधन

पोखराका अग्रज पत्रकार बाँस्तोलाको कोरोना संक्रमणका कारण निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १२:१६:१० बजे
  • 811
    SHARES
  • पोखराका अग्रज पत्रकार बाँस्तोलाको कोरोना संक्रमणका कारण निधन

    पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको कोरोना संक्रमणका कारण निधन भएको छ । पोखरा चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा बाँस्तोलाको ७१ वर्षको उमेरमा निधन भएको हो ।

    images

    रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् ।

    पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थिए । बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेमोरियलमा​ उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

    कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology