Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७८ बिहिवार • १२:४२:४३ बजे
  • 2.0K
    SHARES
  • जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

    अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ च्यानडाँडामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

    images

    भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु१च ६१६८ नम्बरको डबल क्याप दुर्घटना हुदाँ चालक भुमिकास्थान–९ का अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रविन आर्चायले जानकारी दिए ।

    गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ३ सय मिटर तल खसेको आर्चायले जानकारी दिए । गाडी ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology