Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार ,एक युवा पक्राउ

१९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार ,एक युवा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७८ शुक्रवार • ०८:५९:१९ बजे
  • 1.5K
    SHARES
  • १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार ,एक युवा पक्राउ

    कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। धरमपुरस्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार बलात्कार भएको हो। नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए। बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।

    images

    अर्का एक युवा फरार रहेका थापाले बताए। ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ।’ बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए। ‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने। बलात्कारमा परेकी भनिएकी युवती शारिरिक रुपमा अशक्त छिन्।

  • सम्बन्धित विषय:

  • # सामूहिक बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology