Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कुलो विवाद हुँदा गोली चल्यो

कुलो विवाद हुँदा गोली चल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७८ शुक्रवार • १४:०९:२३ बजे
  • 583
    SHARES
  • कुलो विवाद हुँदा गोली चल्यो

    कुलोपानीको विषयमा विवाद हुँदा तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका–८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    images

    कुलोका विषयमा विवाद हुँदा स्थानीय पूर्ण बहादुर ओलीले गोली चलाएको प्रहरीले जनाएको छ । गोली भने कसैलाई नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहले जानकारी दिए । भारतमा बस्दै आएका ओली केही दिन अघि मात्रै घर आएका थिए ।

    उनले भारतबाट आउने बेला पेस्तोल लिएको प्रहरीले जनाएको छ । एक राउन्ड गोली चलाएपछि ओली मोटरसाइकलमा भागेका थिए । प्रहरीले उनलाई टिकारी भन्ने स्थानबाट नियन्त्रणमा लिएको डिएसपी सिंहले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान गर्न बाँकी रहेको डिएसपी सिंहले बताए ।

  • सम्बन्धित विषय:

  • # गोली चल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology