जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डु'बे'र पाँच बालिकाको मृ'त्यु भएको छ । शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका-६ का बालिका पोखरीमा डु'बे'का धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।
बालबालिकाको डु'बे'को खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको श'व पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने, ‘पोखरीमा खोजी अझै भइरहेको छ ।’ बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ ।
मृ'त्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन ।