Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानी अभिनेत्रीमाथि इन्स्टाग्राम लाइभकै क्रममा यौन उत्पीडन

पाकिस्तानी अभिनेत्रीमाथि इन्स्टाग्राम लाइभकै क्रममा यौन उत्पीडन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७८ शुक्रवार • १८:३३:४१ बजे
  • 2.0K
    SHARES
  • पाकिस्तानी अभिनेत्रीमाथि इन्स्टाग्राम लाइभकै क्रममा यौन उत्पीडन

    एजेन्सी- पाकिस्तानी अभिनेत्री हानिया अमिरमाथि यौन उत्पीडन भएको छ। हानिया इन्स्टाग्राममार्फत् लाइभमा आफ्ना शुभ चिन्तकहरुसँग कुरा गरिरहेका बेला एक जना युवकले सबैका सामु अश्लिल हर्कत गरेका हुन्। ती युवकले लाइभ कुराकानीकै क्रममा हस्तमैथुन गरेपछि हानियाले लाईभ बन्द गरेकी थिइन्। हानिया अमिरको एक अर्को भिडियो पनि अहिले भाइरल भइरहेको छ। जसमा उनी फिल्म निर्देशक वजाहत रउफका छोरा आशिर वजाहतका साथ गायक हसन रहिमको गीत ‘तेरी आरजु’ गाउदै उनलाई अंगालो हालिरहेकी हुन्छिन्। हानियाले निर्देशक वजाहत, उनकी श्रीमती र छोरालाई आफ्नो परिवार सहर भएको बताउँदै आएकी छन्।

    images

    उनले त्यो भिडियोमा ‘१०१ डिग्री ज्वरो आएको भाइको हेरचाह यसरी गर्छन्’ भनेकी थिइन्। हानियाको भिडियो बाहिरिएपछि उनका प्रशंसकहरुमध्ये कसैले उनीमाथि यौन उत्पीडन भएको बताइरहेका छन् भने कसैले उनले अश्लिलता फैलाइरहेको आरोप लगाएका छन्। ‘संसारमा महिलालाई घृणा गर्नेहरुको कमी छैन, यहाँ कसैको राय सल्लाहलाई सम्मान गरिँदैन, महिलालाई तिरस्कार गर्नेहरुको सम्मान गरिन्छ’ अभिनेत्री हानियाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्। ‘पुरुषले गर्ने काम महिलाले गरे उसलाई अपमानित र घृणा गरिन्छ।

    आफन्तलाई प्रेम गर्ने महिला गलत हुन्छ, तर महिलाको तस्बिरअघि हस्तमैथुन गर्ने पुरुषका भिडियो इन्टरनेटमा भाइरल हुन्छन्’ उनले इन्स्टाग्राममा भनेकी छन्। कतिपयले हानियाप्रति युवकले यौन उत्पडीन गरेको भन्दै कारबाहीको माग गरेका छन्। केहीले घटनाका निन्दा गर्दै अभद्र व्यवहारका कारण कसैकोे ज्यान जान सक्ने भनिरहेका छन्। सन् २०१८ मा पनि हानियाले एक पुरुष फ्यानलाई यौन उत्पीडनको आरोप लगाएकी थिइन्। उनले सेलिब्रेटी हुनुको मतलब आफू कसैको सम्पत्ति नभएको र फ्यानको नाममा पुरुषले आफूमाथि यौन हिंसा गर्न नपाउने बताएकी थिइन्।

    हाम्रो प्रेमको बदला यौन उत्पीडन र बेइज्जत गरी दुःख र पीडा दिने मान्छे कसरी फ्यान हुन सक्छन्’ अभिनेत्री आमिरले भनेकी थिइन्। उनले आफू नियमित फ्यानको सम्पर्कमा आउनका लागि सामाजिक सञ्जालमा जोडिने गरेको बताएकी छन्। ‘म खुसी हुन र खुसी दिनका लागि हुँ, मलाई सार्थक कुराकानीबाट तपाइँको मनमा बस्ने युवतीको रुपमा हेर्नुस्, जसको कोमल मन छ र हरेकलाई र प्रेम गर्छिन्’ उनले भनेकी छन्।

  • सम्बन्धित विषय:

  • # पाकिस्तानी अभिनेत्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology