शनिवार बिहान १० बजेपछी पोखराका विभिन्न क्षेत्रहरुमा ८ घण्टा विधुत सेवा अवरुद्ध हुने भएको छ । पोखरा वितरण केन्द्रले सुचना जारी गर्दै रामबजार फिडर र फेवा फिडर अन्तर्गत विभिन्न स्थानमाहरुमा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म विधुत सेवा अवरुद्ध हुने बताएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि ११ के।भि लाइन निर्माण गर्नको लागि रामबजार फिडर अन्तर्गत पर्ने औधोगिक क्षेत्र-चाउथे-बेलचौतारा-बिरेन्द्रचोक-रामबजार-काजिपोखरी-हवेलिमार्ग-वार्ड नं १५-ढुंगेसागु-बन क्याम्पस-महत गौडा-फेदिपाटन-दोबिल्ला-गलेस्वर चोक-छिनडाडा-भोटेचौतारा-गोर्खा भिलेज-खाल्टे मसिना-ढुम्रेडहर-ड्याम्पिंग साईड, वडा नम्बर १० र १४ को एरियामा विधुत सेवा अवरुद्ध हुने छ।
यसि गरी फेवा फिडर अन्तर्गत पुम्दीभुम्दी कालाभाङ - चापाकोट - पामे - घाटिछिना - सिदाने - हर्पन - चैनपुर क्षेत्रमा Bush Cutting (रुखबिरुवा तथा बास काट्ने) गर्ने कार्य चलिरहेको हुदा सो अन्तर्गत क्षेत्रमा पनि विधुत सेवा अवरुद्ध हुने बताइेको छ ।