Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनसुन भित्रियो, कस्ताे हाेला याे वर्ष ?

मनसुन भित्रियो, कस्ताे हाेला याे वर्ष ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १०:२५:३२ बजे
  • 1.2K
    SHARES
  • मनसुन भित्रियो, कस्ताे हाेला याे वर्ष ?

    नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको छ ।

    images

    पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौंलगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै दुईदेखि चार दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ । यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।

    नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ । बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै <ध्यान> दिन मौसमविद्ले सुझाएका छन् ।

  • सम्बन्धित विषय:

  • # मनसुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology