Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राउटे युवती दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न अदालतको आदेश

राउटे युवती दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न अदालतको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १०:३४:४९ बजे
  • 1.1K
    SHARES
  • राउटे युवती दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न अदालतको आदेश

    जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने युटुव च्यानल बन्द गर्न आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । शुक्रबार न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले गृह मन्त्रालका नाममा एक आदेश जारी गर्दै यौन दुर्व्यवहारको भिडियो युट्युबबाट हटाउन आदेश दिएका हुन् ।

    images

    ‘संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू,’ आदेशमा भनिएको छ । आदेशमा भिडियो नहटाउने साइट तत्काल बन्द गर्न समेत भनिएको छ । ‘युट्युब लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरु हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ,’ न्यायाधीश डा.आचार्यद्वारा दिएको आदेशमा भनिएको छ, ‘यसर्थ संघीय गृह मन्त्रालयमार्फत् सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीका लागि लेखी पठाउनू ।

    त्यस्तै आदेशमा भनिएको छ ‘पीडितहरुको सुरक्षाको सम्बन्धमा विशेष ध्यान दिन जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाउनू ।’ जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका–९, बोटेचौर सुर्खेतस्थित होटल सञ्चालक २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । अदालतले दोषीहरुमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरेको छ । शुक्रबार मात्रै पीडित युवतीहरुको स्वास्थ्य परीक्षण गराएका छन् । अ"ब अनुसन्धानमा थप सहज हुने प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राउटे युवती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology