Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड

अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • ११:०६:०८ बजे
  • 1.2K
    SHARES
  • अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड

    अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड गरेको छ । लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।

    images

    लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पु¥याएको छ । यसैगरी सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।

    राति १२ बजेदेखि एक बजेको बिचमा सवारी साधनहरुमा तोडफोड भएको र प्रहरीकहाँ बिहान मात्र त्यसको सूचना आएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए । घटनामा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको पौडेलले बताए ।

  • सम्बन्धित विषय:

  • # सवारी साधन तोडफोड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology