पोखरामा शनिवार बेलुका देखी निरन्तर परेको पानीका कारण सेती थुनिदा ताल बनेको छ ।
पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव बढेर पोखराको मध्यभाग भएर बग्ने सेतीमा पुग्दा सेती थुनिएको हो । पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ ।
ठुलो पानी पर्दा सेती प्रत्येक वर्ष थुनिने गरेको छ ।दाहसंस्कारको लागि बनाईएका घाटहरु पुृरै जलमग्न भएका छन् । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ । बर्षाले हालसम्म अप्रिय क्षति भएको छैन ।
पानी पर्न रोकिएकाले पानीको वहाव घट्न थालेपनि फेरी पानी पर्ने सम्भावना रहेकाले स्थानिय त्रसित बनेका छन् । सो क्षेत्रमा हरेक वर्ष रामघाट थुनिदा स्थानिय समस्यामा पर्ने गरेका छन्
तस्विर सौजन्य : शम्भु राना मगर

मनसुन गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको छ । शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा मनसून प्रवेश गरेको थियाे । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अबको एक दुई दिनमा मनसून पश्चिम नेपालसम्म नै प्रवेश गर्ने जनाएको छ ।
आगामी साता मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरेको छ ।
हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । यसको कारण हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षासमेत भईरहेको अवस्था महाशाखाले छ । आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।