पोखरा । पोखरामा दुध बोक्ने बोलेरो जीपमा एक्कासी आगलागी भएको छ ।
पोखरा २ अर्चलबोटमा डिजेल हाल्ने क्रममा एक्कासी आगलागी भएपछी चालकले जीपलाई सडकको बीचमा ल्याएर छोडेका थिए ।
बिहान ९ :४५ बजेको समयमा ग २च ९३७५ नम्बरको जीपमा आगलागी भएको दमकल प्रहरी र स्थानीयको सहयोगमा ३० मिनेटपछी आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास हमाले जानकारी दिए ।
आगलागीबाट जीपको अगाडिको भागमा क्षति पुगेको र मानवीय क्षति भने हुन् नपाएको प्रहरीले जनाएको छ ।