Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं उपत्यकामा ४ बजेबाट हार्डवेयर पसल खोल्न दिने निर्णय

काठमाडौं उपत्यकामा ४ बजेबाट हार्डवेयर पसल खोल्न दिने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • १७:०२:३५ बजे
  • 1.3K
    SHARES
  • काठमाडौं उपत्यकामा ४ बजेबाट हार्डवेयर पसल खोल्न दिने निर्णय

    काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय सँगै हार्डवेयर पसल खोल्न दिने निर्णय गरेका हुन् । ‘हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने ।

    images

    निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए । होटल रेष्टुरेण्टको टेक अवे सेवा बिहान ७ बजेबाट खुल्ला गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै बिहान ११ बजेसम्म किराना, डिपार्टमेन्ट स्टोर र पुस्तक पसल खोल्न दिने निर्णय गरिएको प्रजिअ पराजुलीले बताए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुनः खोल्न दिइएको थियो ।

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology