Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एसईई मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकलाई,नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

एसईई मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकलाई,नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • १९:२०:४० बजे
  • 1.5K
    SHARES
  • एसईई मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकलाई,नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

    विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

    images

    भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यसवर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले मुख्य अधिकार विषय शिक्षकलाई दिएका हौं ।

     एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ ।

    विद्यालयले गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्नेछ । मूल्यांकन समितिले उक्त मूल्यांकन कार्यविधिले तोकेअनुसार भएको/नभएको रुजु गरी प्रमाणित गर्नेछ । त्यसपछि मूल्यांकन नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउनेछ । इकाइले विद्यालयले बुझाएको मूल्यांकन नतिजा रुजु एवं प्रमाणित गरी असार महिनाभित्र राष्ट्रिय परिक्षा बोर्डमा पठाउनुपर्नेछ ।

  • सम्बन्धित विषय:

  • # एसईई परीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology