आश तमु ,तनहुँ । तनहुँ जिल्ला प्रशासनले थप एक साता निषेधाज्ञा जारी गरेको छ । आज बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोभिड १९ को जोखिम अझै रहेको भन्दै असार ७ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोभिड-१९ को जोखिम अझै कमी नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राखि उक्त निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन सिफारिस गरेको समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि यस अघि जारि गरेको निषेधाज्ञाको आदेशलाई निरन्तरता दिँदै मिति २०७८/०३/०७ गते राती १२:०० बजे सम्म तनहुँ जिल्ला भर लागु हुने गरि देहायको आदेश बमोजिमको निषेधाज्ञा जारी गरिएको जारी बिज्ञप्तीमा लेखिएको छ ।
जिल्ला भर के गर्न पाइने ,के गर्न नपाइने ?
आदेश पालना गर्नु गराउनु सबै व्यक्ति, संघ संस्था, पेशाकमी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुने बताउदै यदि कोही कसैबाट आदेशको उल्लंघन भएमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जनाएको छ ।
निषेधाज्ञा अबधिभर अत्यावश्यक सेवाहरु जस्तै:एम्बुलेन्स, ग्यास, पेटोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामाग्रीहरु, स्वास्थ्य संस्था, अस्पताल, भेटेनरी अस्पताल, भेटेनरी औषधि पसल, दुरसञ्चार, इन्टरनेट, फोहरमैला व्यवस्थापन, मल, विउर कृषि सामाग्री, बैंकको ए।टि।एम। सेवा, डाँक सेवा र सार्वजनिक निर्माण सम्बन्धि कार्य र सेवाहरु, हुवानी सेवा, छापाखाना, पुस्तक र स्टेशनरीसेवा लगाएत निम्न व्यवसायिक कार्य र सेवालाई स्वास्थ र सुरक्षाको मापदण्ड पूरा गरेर निर्वाध रुपमा सञ्चालन दिने बताईएको छ ।
यसै गरी जिल्ला भरनै खाद्यान्न, तरकारी, फलफूल, दुध र दुधजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशु, पंछीको उत्पादन र बिक्रि वितरण र निर्माण सामाग्री पसलको संचालन, सवारी साधन र मोवाईल मर्मत सेवा विहान ५:०० बजे देखि १०:०० बजे सम्म मात्र सञ्चालन गर्न पाइने छ ।
सवारी पास लिएर अस्पताल आउने जाने, विरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनु पर्ने अवस्थाका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनु पर्ने जनाएको छ । सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित मिडिया हाउसले जारी गरेको परिचय पत्रको आधारमा सञ्चालन गर्न पाइने छ ।
यसै गरी सभा, सम्मेलन र सामाजिक कार्य सम्बन्धमा सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा,आमसभा, जुलुस, हाटबजार, साईकल र मोटरसाईकलमा गरिने व्यापार, रंगशालामा हुने दर्शक सहितको खेलकूद, तालिम,सेमिनार, भौतिक उपस्थितीमा गरिने शिक्षण प्रशिक्षण र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु पूर्ण रुपमा बन्द नै हुने भएको छ ।
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने छ। सामाजिक र साँस्कृतिक कार्यहरु विवाह, व्रतबन्ध लगायतमा १५ जना भन्दा बढी सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका सबै निर्धारित मापदण्ड पूर्णपालना गर्ने गरि पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न भनिएको छ । भारत र अन्य मुलुकबाट तनहुँ जिल्लामा आउने व्यक्तिले अनिवार्य रुपमा १० दिन क्वारेण्टाईनमा बस्नु पर्ने भएको छ ।
कार्यालय सञ्चालन सम्बन्धमा अत्यावश्यक सेवा संचालन गर्ने बाहेकका कार्यालयहरुले सेवा प्रवाह बन्द गरी आन्तरिक कार्य मात्र गर्न पाइने छ । सरकारी कार्यालय र अन्व सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरुको सवारी साधनको हकमा परिचय पत्रको आधारमा आन्तरिक आवतजावत गर्न पाइने छ । जिल्ला भित्र र जिल्ला बाहिर चल्ने निजी र सार्वजनिक सवारी साधनहरु अनुमति बेगर संचालन गर्न पाइने छैन ।
बैंक लघु वित्त, विमा, सहकारी लगायतका बित्तिय संस्थाहरुबाट प्रवाह हुने सेवा शाखा प्रबन्धकले स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पूरा गराई न्यूनतम कर्मचारीको उपस्थितीमा अत्यावश्यक सेवाका लागि विहान १०:०० बजे देखि दिउसो १:०० बजेसम्म संचालन गर्न पाइने छ ।
उत्पादन र सार्वजनिक निर्माण कार्यमा खटिने जनशक्तिलाई निर्माण व्यवसायीको तर्फबाट निर्माण स्थलमा नै खाने बस्ने प्रबन्ध गर्नुका साथै स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गर्ने गरि संचालन गर्ने अन्यथा निर्माण र उत्पादनको कार्य बन्द गरिने बताइएको छ ।