आश तमु ,पोखरा। कास्की जिल्ला प्रशासनले थप एक साता निषेधाज्ञा जारी गरेको छ । आज बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोभिड १९ को जोखिम अझै रहेको भन्दै असार ७ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोभिड-१९ को जोखिम अझै कमी नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राखि उक्त निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन सिफारिस गरेको समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि यस अघि जारि गरेको निषेधाज्ञाको आदेशलाई निरन्तरता दिँदै मिति २०७८०३०७ गते राती १२:०० बजे सम्म कास्की जिल्ला भर लागु हुने गरि देहायको आदेश बमोजिमको निषेधाज्ञा जारी गरिएको जारी बिज्ञप्तीमा लेखिएको छ ।
जिल्ला भर के गर्न पाइने ,के गर्न नपाइने ?
अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र हिडडुल नगर्ने । अत्यावश्यक काम परि घर बाहिर हिडडुल गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्नुपर्ने । मास्कको प्रयोग नगरेको फेला परेमा कानून बमोजिम तत्कालै कारबाही गरिनेछ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महीत्सव गर्न निषेध गर्ने ।
एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारी साधन (बढिमा २ जना), दमकल, शववाहन, खाद्यसामाग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ङ्यूटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधि तथा स्वास्थ्य सेवाका सामय्री बोकेका सवारी साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु बाहेकका कास्की जिल्ला भित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालन गर्न नपाईने ।
मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापठण्ड पालना गर्ने गरि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरी अन्य कार्य नगर्ने, नगराउने । विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने पठनपाठन लगायत सबै परीक्षाहरु स्थगित गर्ने ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसलहरु लगायतका सेवा एवम् स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्नै ।
विवाह, व्रतवन्ध एवम् अन्य सस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटलमा सञ्चालन नगर्ने नगराउने। पूर्व निर्धारित विवाह कार्यक्रम आफ्नै घर परिसरमा सञ्चालन गर्दा तीकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरी १० जना भन्दा बढि व्यक्ति सहभागी हुन नपाईने । सवारी साधनको प्रयोग गर्नु पर्नेको हकमा केटा वा केटी पक्षले बढिमा पाँच (५) जना मात्र हुने गरी एकवटा सवारी साधन मात्र प्रयोग गर्न पाउने ।
आफू नै प्रत्यक्ष सलग्न भई गर्नुपर्ने मृत्यू सस्कार बाहेकका अन्य गतिविधिमा संलग्न नहुने । औषधी एवम् स्वास्थ्य सामाय्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने । दैनिक उपभोग्य खाद्यान्न सामाग्री मात्र बेचविखन गर्ने पसलहरु, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु विक्रि वितरण गर्ने पसलहरु, कृषिजन्य सामाग्री विक्रि गर्ने पसलहरु विहान ५:०० बजे देखि विहान १०:०० बजे सम्म मात्र सञ्चालन गर्ने ।
ताजा दुध बेलुका ५:०० बजे देखि बेलुका ७:०० बजे सम्म नजिकको चिस्यान केन्द्र एवम् सकलन केन्द्रमा पुग्याउन एवम् विक्रि वितरण गर्न समेत बाधा नपर्ने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु (छड, सिमेन्ट, विजुलीका सामान, स्यानिटरी हार्डबयर पसल) साँझ ५:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन गर्ने । डिपार्टमेण्टल स्टोर्स एवम् सपिङमलले दैनिक उपभोग्य खाद्य सामाग्री मात्र विहान ५:०० बजे देखि १०:०० बजे सम्म मात्र खोल्न पाउने ।
उपरोक्त बमोजिम बाहेकका अन्य पसल, डिपार्टमेण्टल स्टोर्स सपिङमल लगायतका सबै पसल पूर्ण रुपमा बन्द रहने। खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्ने । यस कार्यका लागि सवारी साधन लिई हिड्न पाईने छैन । फलफूल तथा तरकारीको थोक किक्रेताले खुद्रा विक्रि वितरण नगर्ने नगराउने ।
उद्योग र सार्वजनिक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा अपनाई सञ्चालन गर्ने । निजी निर्माण कार्य आवश्यक सुरक्षा मापदण्ड र अनावश्यक भ्रिडभाड नहुने प्रवन्ध मिलाई सञ्चालन गर्न सकिने । सरकारी प्राथमिकता प्राप्त आयोजनालाई स्वास्थ्य तथा सुरक्षा मापठण्डको पालना गराउने जिम्मेवारी आयोजना प्रमुख र सम्बन्धित निर्माण व्यवसायीको हुने र अन्य निर्माण कार्य सञ्चालन गर्दा उक्त मापढण्ड पालना गराउने जिम्मेवारी सम्बन्धित धनीको हुने गरी निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले वेलुकी ७:०० बजे देखि विहान ८८०० बजै सम्म मात्र ढुवानी गर्न सक्ने ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधि तथा औषधिजन्य उत्पादन तथा विक्रि वितरण लगायतका अत्यावश्यक सैवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रवाह नगर्ने । (कर्सचारीहरु घरबाट कार्यालय आउन र जान विहान १-१० बजेर बेलुकी ५-६ बजेको समयमा मात्र परिचयपत्र र पोशाकका आधारमा आवत जावत गर्न पाउने ।
सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासघबाट जारी प्रेस पास वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रको आधारमा आवातजावत गर्न सकिने । ,बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सैवाको लागि पचास प्रतिशत (८०%) कर्मचारीको उपस्थितिमा पचास प्रतिशत (८०%) शाखाबाट निक्षेप (रु ८० हजार भन्दा वढी), चेक भुक्तानी, क्लिअरिङ र विप्रेषण सेवा मात्र विहान ११:०० बजे देखि दिनको २:०० बजे सम्म सञ्चालन गर्ने ।
सञ्चालन हुने शाखाको विवरण जिल्ला प्रशासन कार्यालय कास्की र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय, पोखरालाई उपलव्ध गराउने । बैंक तथा वित्तीय सैवासँग सलग्न कर्मचारीहरु परिचयपत्र र कार्यालय पोशाकका आधारमा विहान १० देखि ११२ दिउँसो २ देखी ३:१० बजेको बीचमा मात्र आवतजावत गर्न पाइने ।
उल्लेखित आदेशको अवज्ञा गरी कार्य गरे गराईएको पाईएमा स्थानीय प्रशासन गन; २०२८, सक्रामक रोग ऐन; २०२०, कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश २०७८ एव अन्य प्रचलित कानून बस्रोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।