Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन गरेको प्रमाणित ,गल्ती स्वीकार्दै मिलापत्र

अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन गरेको प्रमाणित ,गल्ती स्वीकार्दै मिलापत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • ०९:४१:४९ बजे
  • 979
    SHARES
  • अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन गरेको प्रमाणित ,गल्ती स्वीकार्दै मिलापत्र

    गत शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राती ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ । सोही राती अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले मादक पदार्थ सेवन गरेको पुष्टि भएको हो ।

    images

    तर शाहीले आफूहरुले मादक पदार्थ सेवन नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेका कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेका छन । यो घटना मिलाउन आइतबार बेलुका वडा नम्बर १३ का अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरिक्षक कनक शाहीसँग अभियन्ता शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो ।

    बैठकका क्रममा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरुले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए । ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको थियो । त्यस लगत्तै प्रहरी हिरासतमा रहेका युवाहरु छुटेका छन् । डिस्चार्ज भए पनि प्रदेश अस्पतालमा उपचाररत भन्दै बसेका शाहीको टोली स्थानीय सत्कार होटलमा बस्न गएको छ ।

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology