Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ जिल्लामा पाँचौ पटक निषेधाज्ञा जारी

बागलुङ जिल्लामा पाँचौ पटक निषेधाज्ञा जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १२:०८:१५ बजे
  • 1.8K
    SHARES
  • बागलुङ जिल्लामा पाँचौ पटक निषेधाज्ञा जारी

    बागलुङमा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना संक्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    images

    निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ । कोरोनाको संक्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

    संक्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी)ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology