म्याग्दीमा निषेधाज्ञा (लकडाउन) थप एक साता लम्बिने भएको छ । जारी लकडाउन आज राती सकिदैछ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभीड-१९ संकट व्यवस्थापन केन्द्रले खुकुलो बनाई थप एक साता लकडाउन थप गर्ने भएको हो ।
लकडाउनमा बैङक वित्तीय सस्था तथा सहकारी हप्ताको ६ दिन १० देखि २ बजे सम्म खुल्ला हुनेछन् । नयां शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो विद्यालयले गर्न थालेपछि पुस्तक ढुवानीलाई समेत सहज हुने गरी पुस्तक पसललाई खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञामा अवधिम तरकारी, खाद्यन्न, बिउबिजन,कृषि औजार, निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खुल्ला रहने छ ।अत्यावश्यक सेवाका लागी १ घण्टा थप गरिएको छ ।
बैठकमा सहभागीले जनप्रतिनिधि सहितको सरोकारवाला निकायका प्रतिनिधिले यसअगाडी लागु भएको नियमलाई केही खुकुलो बनाएर निषेधाज्ञा थप्न सुझाव दिएका थिए । वित्तिय संस्था र भिडभाड हुने क्षेत्र खुलेसँगै बजारमा चहलपहल बढ्ने छ । गत बैशाख महिनाको २३ गतेदेखि म्याग्दीमा निषेधाज्ञा जारी गरिएको थियो । जारी लकडाउनमा अत्यावश्यक बाहेकका यातायातका सवारी साधन चल्न सकेका छैनन् ।