Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्वकै सबैभन्दा ठूलो परिवारका मुखिया जिओना चानाको मृत्यु

विश्वकै सबैभन्दा ठूलो परिवारका मुखिया जिओना चानाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १६:४४:२२ बजे
  • 1.7K
    SHARES
  • विश्वकै सबैभन्दा ठूलो परिवारका मुखिया जिओना चानाको मृत्यु

    विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ। बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो। उनका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन्। मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा 'मन भारी' भएको भन्दै समवेदना प्रकट गरेका छन्। चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो। चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्।

    images

    house.JPG

    अन्य व्यक्तिहरूले पनि उनीहरूको परिवार सबैभन्दा ठूलो भएको दाबी गरेका कारण चानाको परिवार नै सबैभन्दा ठूलो रहेको कुरा निर्विवादित भने छैन। त्यस्तै चानाको परिवारको ठ्याक्कै सङ्ख्या यकिन गर्न पनि सहज छैन। एउटा विवरणमा उनका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिए पनि त्यसको आधिकारिकता पुष्टि भएको छैन।

    स्थानीय सञ्चारमाध्यमहरूले "रिप्लिज् बीलीभ इट अर नट" टिभी शोमा यो परिवार दुई पटक देखाइएको बताउने गरेका छन्। विश्व कीर्तिमान भए पनि वा नभए पनि चानाको परिवारका कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको छ। चानाको रमाइलो जीवनले पनि सञ्चारमाध्यममा निकै स्थान पाएको छ। त्यो परिवार १०० कोठा भएको घरमा बस्छ। उनका श्रीमतीहरू चानाको शयन कक्षसँगै रहेको ठूलो कोठामा एकसाथ सुत्ने स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।

    रोयटर्सका अनुसार चाना सन् १९४५ मा जन्मेका हुन् र उनले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेटेका हुन्। सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको रहेको छ। सो सम्प्रदायका सबै अनुयायी मिजोरमको राजधानीबाट ५५ किलोमिटर टाढा रहेको गाउँमा बस्ने गर्छन्। पुरुषका लागि बहुपत्नी स्वीकार गर्ने यो सम्प्रदायलाई सन् १९४२ मा चानाका हजुरबुबाले स्थापना गरेका थिए। बीबीसी नेपालीबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology