Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित समुदायका व्यक्तिहरुको हत्या हिंसाको विरोधमा अर्धनग्न जुलुश

दलित समुदायका व्यक्तिहरुको हत्या हिंसाको विरोधमा अर्धनग्न जुलुश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७७ आइतवार • १९:५४:०४ बजे
  • 1.5K
    SHARES
  • दलित समुदायका व्यक्तिहरुको हत्या हिंसाको विरोधमा अर्धनग्न जुलुश
    जनकपुर - जनकपुरधाममा दलित समुदायका व्यक्तिहरुको हत्या हिंसा भएको विरोधमा अर्धनग्न जुलुश प्रदर्शन गरेको छ । राज्यले दलितहरुसँग विभेदपूर्ण व्यवहार गर्दै ज्यान समेत लिने गरेको आरोप लगाउदै दलित संघर्ष समितिले शरीरको लुगा फुकालेर अर्धनग्न प्रदर्शन गर्दै नगर परिक्रमा गरेको हो ।

    जनकपुरधामको जनक चोकदेखि सुरु भएको अर्धनग्न जुलूस प्रदर्शन मुख्यरुपमा शिव चोक, भानुचोक, कदम चोक हुंदै जिल्ला प्रशासन कार्यालय, विद्यापति चोक, पुरानो बसपार्क , रामचोक हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको संयोजकत्वमा भएको कोणसभालाई सम्बोधन गर्दै दलित अगुवा चन्देश्वर सदाले पछिल्लो समय धनुषामा प्रहरी संलग्नतामा मुसहर समुदायका शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसनमा चिकित्सकको लापरवाहीले राजु सदाको हत्या गरेर हत्यारालाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । सदाले प्रदेश सरकार समेत दलितको विषयमा मौन रहेको जिकिर गर्दै मृत्यु प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

    कोणसभामा दलित अगुवाहरु पूर्वसांसद रामपृत पासवान, पचुलाल माझी, रामेश्वर महरा र राजाराम मण्डल लगायतकाहरुको उपस्थिति रहेको थियो । यता, प्रदेश सरकारले विभिन्न कारण मृत्यु भएकालाई  ५५ लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराइसकेको छ । तर प्रदेश सरकारले गठन गरेको छानविन टोलीको अझै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology