Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • २०:३१:२५ बजे
  • 1.5K
    SHARES
  • गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

    गुल्मीमा छैठौं पटक असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । आज राती १२ बजे देखि असार ७ गते सोमबार राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । थापिएको निषेधाज्ञालाई भने केहि खुकुलो बनाइएको छ । .

    images

    जारी सूचनाअनुसार बैङ्क, वित्तिय संस्था एवं सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै अत्यावश्यक दैनिक उपभोगका सामग्री पेट्रोलियम पदार्थ, दुध, पानी, ग्याँस, खाद्यान्न, फलफुल, तरकारी, माछा, मासु, पशुपन्छीका दाना, निर्माण सामाग्री, स्टेशनरी तथा पुस्तक पसल बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ ।

    त्यस्तै स्वास्थ सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, भेटनेरी, एग्रोभेट, दमकल दैनिक रुपमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै भिषा देखाएमा विमानस्थलसम्म जान पाइने नियम समेत बनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology