Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७८ मंगलवार • १०:२४:२२ बजे
  • 1.1K
    SHARES
  • आजदेखि नयाँ शैक्षिक सत्र सुरु

    आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । जसअनुसार देशभरको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजबाट सुरु भएको हो । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज अर्थात असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो। कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने छ।

    images

    नयाँ शैक्षिक सत्रको तालिका असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ। भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ। कोरोना संक्रमण सामान्य अवस्थामा नआएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने कार्य जारी रहने जनाइएको छ।

    आजदेखि कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो। कक्षा ११ को पठनपाठन भने भदौ १ बाट सुरु हुनेछ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्यांकन कार्य पूरा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ।

  • सम्बन्धित विषय:

  • # नयाँ शैक्षिक सत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology