Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गोरखामा खहरे खोलाले बगाउदा एक जना मानिस वेपत्ता

गोरखामा खहरे खोलाले बगाउदा एक जना मानिस वेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • ११:४७:५२ बजे
  • 805
    SHARES
  • गोरखामा खहरे खोलाले बगाउदा एक जना मानिस वेपत्ता

    गोरखा । गोरखामा खहरे खोलाले बगाउदा एक जना मानिस वेपत्ता भएको छ । जिल्लाको आरुघाट गाउँपालिका २ कटुन्जे जान लागेका बर्दियाका करिब ३८ वर्षका गोविन्द चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

    images

    चौधरी ट्रक मर्मतका लागि जाँदै गर्दा खहरे खोलमा आएको बाढीले बगाएको थियो। चौधरीको टोलीमा तीन जना थिए। अरू दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    आज बिहान करिब साढे ७ बजेतिर खोला तर्ने क्रममा चौधरीलाई बगाएको थियो। बेपत्ता भएका चौधरीलाई खोजि गर्न घटनास्थलमा प्रहरी पुगेको छ र स्थानीय बासिन्दाले पनि सहयोग गरिरहेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology