Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पेस्तोल पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार घाइते

पेस्तोल पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७७ आइतवार • २०:०२:५४ बजे
  • 1.2K
    SHARES
  • पेस्तोल पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार घाइते
    रुकुम- सफा गर्ने क्रममा पेस्तोल पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार घाइते भएका छन्।  

    आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय  यामबहादुर खड्का  घाइते भएका हुन।नियमित हातहतियार सफाइका क्रममा सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए।

    उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ पौडेलले बताए। सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ । सोही क्रममा आज पेस्तोल सफा गर्दा पड्किएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology