Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बहराइनले तत्काल नेपालसहित अन्य रेड लिस्टमा रहेका देशबाट कामदार नलिने

बहराइनले तत्काल नेपालसहित अन्य रेड लिस्टमा रहेका देशबाट कामदार नलिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • १२:०४:५५ बजे
  • 1.5K
    SHARES
  • बहराइनले तत्काल नेपालसहित अन्य रेड लिस्टमा रहेका देशबाट कामदार नलिने

    पोखरा । बहराइनले तत्काल नेपालसहित अन्य रेड लिस्टमा रहेका देशबाट कामदार नलिने भएको छ । कोरोना महामारीको कारण सङ्क्रमण नियन्त्रणका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ वर्क परमिट नदिने घोषणा गरेको त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले जनाएको छ ।

    images

    अथोरिटीले जनाए अनुसार बहराइनले संक्रमणको उच्च जोखिम रेड लिस्ट मा रहेको देशका कामदारलाई तत्काल आफ्नो देशमा प्रवेश रोक लगाउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमण बढेपछि बहराइनले नेपाललाई २४ मे महिनामा रेड लिस्ट रहेको थियो। सङ्क्रमण कम हुँदै गएपछि बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।

    बहराइनमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ७३१ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४४ हजार ५७९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार २२१ रहेको बहराइनको स्वाथ्य मन्त्रालयले जनाएको छ । बहराइनले पनि संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट त्यहाँ के कति नेपाली सङ्क्रमित भए कतिले ज्यान गुमाए त्यहाँस्थित नेपाली दूतावाससंग पनि कुनै तथाङ्क छैन ।

    त्यहाँबाट पनि नियम उडान नहुँदा खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

  • सम्बन्धित विषय:

  • # कामदार नलिने
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology