पोखरा । हिजो साँझदेखि आएको अविरल वर्षाका कारण पोखरा ९ नयाँबजार सिद्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ । सो क्षेत्र वरिपरिका घरहरु जोखिममा पहेका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ। भने, जोखिमयुक्त घर तथा बस्तीका मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ। हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ ।
यसै गरी पोखरा ६ बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ ।बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा तीन घरमा क्षति पुगेको हो । प्रदिप बस्नेतको फेसबुकबाट