Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अविरल बर्षाका कारण पोखरा १७ स्थित छोरेपाटनको राजमार्गकै सडकमा भ्वाङ

अविरल बर्षाका कारण पोखरा १७ स्थित छोरेपाटनको राजमार्गकै सडकमा भ्वाङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • १४:१९:४० बजे
  • 5.8K
    SHARES
  • अविरल बर्षाका कारण पोखरा १७ स्थित छोरेपाटनको राजमार्गकै सडकमा भ्वाङ

    पोखरा । हिजो देखी परेको अविरल वर्षाका कारण पोखराका विभिन्न क्षेत्रहरुमा असर गरेको छ । पोखरा १७ स्थित छोरेपाटनको मुख्य सिदार्थ राजमार्गकै सडकमा भ्वाङ परेको छ ।

    images

    स्थानीयका अनुसार पोखरा १७ र २२ को माथिल्लो क्षेत्र बाट आएको पानीले निकाश नपाउदा सडकमा पानीको ताल नै बन्ने र सडक नै भासिने समस्या बर्षेनी हुने गरेको बताउछन ।

    अहिले भासिएको सडकलाई डोजरले सम्माइ सकेको छ ।

    आज बिहाननै अविरल वर्षाका कारण पोखरा ६ बैदाम र पोखरा ९ नयाँबजारमा पनि केही घरमा क्षति पुर्याइेको छ भने केही घर जोखिममा परेका छन । वर्षाका कारण पोखरा ९ नयाँबजार सिद्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ ।

    सो क्षेत्र वरिपरिका घरहरु जोखिममा पहेका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ। भने, जोखिमयुक्त घर तथा बस्तीका मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

    हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ । यसै गरी पोखरा ६ बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ ।

    बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा तीन घरमा क्षति पुगेको हो ।

  • सम्बन्धित विषय:

  • # अविरल बर्षा
  • # पोखरा १७
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology