Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुस्ताङ लुप्रा खोलामा बाढीका कारण १५ घर उच्च जोखिममा

मुस्ताङ लुप्रा खोलामा बाढीका कारण १५ घर उच्च जोखिममा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • १७:२९:०७ बजे
  • 1.4K
    SHARES
  • मुस्ताङ लुप्रा खोलामा बाढीका कारण १५ घर उच्च जोखिममा

    मुस्ताङ । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् ।

    images

    लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । ‘‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो’’, उनले भने ।

    अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ । खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिम पहिरोको सम्भावना भएको बताए ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology