Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित

पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • १७:३२:१४ बजे
  • 2.4K
    SHARES
  • पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित

    बागलुङ । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका ७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    images

    सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथिबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यन्त्रै सार्न थालिएको छ ।

    वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो । पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ ।

    कालिगण्डकी करिडोरको मालढङ्गामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ कुश्मीशेरा सडक, बागलुङ बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडा कार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology