Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने , बाढी पहिरोको उच्च जोखिम

आज लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने , बाढी पहिरोको उच्च जोखिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • १०:०८:२१ बजे
  • 925
    SHARES
  • आज लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने , बाढी पहिरोको उच्च जोखिम

    आज पनि लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बर्षा हुने छ । कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । त्यसमध्ये पनि लुम्बिनी र गण्डकी प्रदेश क्षेत्रमा अति ठूलो पानी पर्ने महाशाखाले प्रक्षेपण गरेको छ ।

    images

    पछिल्ला दिनमा पनि यी प्रदेशमा ठूलो पानी पर्दा बाढीपहिरो गएको छ। आज राति कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ । बिहीबार देशभर बदली रहने र देशका अधिकांश स्थानमा वर्षा हुने अनुमान गरिएको छ। मनसुन सुदूरपश्चिम प्रदेशसम्म सक्रिय रहनेछ। राति सुदूरपश्चिम र बागमती तथा प्रदेश १ मा पनि भारी वर्षा हुने सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभरको मौसम बदली रहनेछ, भने देशका अधिकांश स्थानमा वर्षा हुनेछ । जसमा सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । निरन्तरको वर्षाले विशेषगरी पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले (अनुरोध) गरेको छ।

  • सम्बन्धित विषय:

  • # भीषण वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology