पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिकामा अविरल वर्षासंगै आएको पहिरोमा परी एक जनाले ज्या'न गु'मा'एका छन। वर्षासंगै आएको पहिरोमा परी ४८ बर्षिया लिला बिकको मृ'त्यु भएको हो । लगातारको वर्षापछि कास्की बिभिन्न ठाँउमा पहिरो र बाढीले जनघनको क्ष'ती भएको छ ।
यसै गरी लगातार बर्षापछी घरमाथीबाट आएको पहिरोले पु'रि'एर पाल्पामा एक किशोरले ज्या'न गु'माएका छन । जिल्लाको रिब्दिकोट गाउँपालिका ४ मन्छिपका १९ बर्षिया मदन भट्टराइले ज्या'न गु'मा'एका हुन । मंगलबार बेलुका घर माथिबाट खसेको पहिरोले महेन्द्र भट्टराई क्षेत्रीको घर पु'रिँदा छोरा मदनको ज्या'न ग'एको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बेनी बजार जोखिममा
म्याग्दी । लगातारको वर्षा पछि कालीगण्डकीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्ध भत्काए पछि बेनी बजार जोखिममा परेको हो । बुधबार राती देखि नदीमा पानीको सतह उच्च भएका कारण जेसिज भवन देखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ ।
पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढ्दै गएको छ । बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ । बसपार्क ढुङ्गा र हिलो माटोले पुरिएको छ । पारकिङ गरेर राखेका सवारी सधानहरु हिलो माटो सहितको ढुङ्गा र ग्रेगरले पुरिन थालेका छन् ।
बासपार्कस्थित कालिगण्डकी नदीमा बनाइएको तटबन्धन पनि भत्किन थालेकोले बजार जोखिममा रहेको स्थानीयको भनाई छ । बर्षा नरोकिएकाले अझै नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ ।
पानीको सतह बढ्ने र नदी किनारका वस्तीहरु कटानको जोखिम भएकाले सर्तकर्ता अपनाउन प्रशासनले सर्वसाधरणहरुमा अनुरोध गरेको छ ।