बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा बाढीले पुल भत्काएको छ । कालिगण्डकी करिडोर अन्तरगतको मालढुङ्गा कुश्मिसेरा सडक खण्डको काठेखोला पुल बाढीले बगाएको हो ।
मंगलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरि भत्किएको छ । पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।डम्मर बुढा मगरले इमेज खबरमा लेखेका छन ।