Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ जैमिनी जैदिमा पहिरोले बस्तीनै जोखिममा ,स्थानीय घर छोडेर हिंड्न बाध्य

बागलुङ जैमिनी जैदिमा पहिरोले बस्तीनै जोखिममा ,स्थानीय घर छोडेर हिंड्न बाध्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २, २०७८ बुधवार • १०:४६:३२ बजे
  • 2.1K
    SHARES
  • बागलुङ जैमिनी जैदिमा पहिरोले बस्तीनै जोखिममा ,स्थानीय घर छोडेर हिंड्न बाध्य

     बागलुङ । लगातार ३ दिन देखिको अविरल बर्षाले बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा न ७ जैदिमा बिकराल रुप लिएको छ। जैदिको ढाबमा एक घरमा पुर्ण क्षति पुगेको छ । करिब २० घर जति रहेको ढाब गाउँ पुरै जोखिममा परेको छ ।

    images

    जथाभावी सडक निर्माण गर्दा पहिरोले ढाबको १ घरमा पुर्ण क्षति पुयाएको स्थानीयले बताए । बुधबार बिहान ३ बजे खसेको पहिरोले घरका गोठमा क्षति पुर्याएको हो । "केही दिन अगाडि मात्र उक्त घरमा मेसिनरी वाल लगाउने निर्णय भएको कुरा वडा अध्यक्ष जित बहादुर रानाले बताउनु भयो" । तर अविरल बर्षाले समयमा वाल लगाउन नसक्दा यो अवस्था निम्तिएको हो ।

    यता पहिरो खस्न थालेपछि जैदी आचार्य गाउँ पहिरोको जोखिममा परेको छ। यो गाउँमा ९ घरको बसोबास छ। र सबै परिवारका लत्ताकपडा ,सरसामान अन्यत्र सारिएको छ । भिरालो पाखोमा भएको बस्ती माथिबाट खसेको पहिरोसँगै बग्ने हो कि भन्ने त्रास छाएको स्थानीय लेखनाथ शर्माले बताउनु भयो । उनका अनुसार कालिदास शर्मा ,दिपक आचार्य लगाएको को घर उच्च जोखिममा छन्। दिउँसो ठिकै भए पनि राति ढुक्क भएर बस्न सक्ने स्थिति छैन उनले भने।

    जैदिको सतिढुङ्गा माध्यामिक विद्यालय जाने मोटरबाटो बगाएको छ र बिधालय पनि पहिरोको जोखिममा परेको छ । गाउँलेलाई आवतजावत गर्न समस्या भएको छ। वडाध्यक्ष जित बहादुर रानाले जोखिममा परेका घरलाई सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो। "करिब १ महिना अघि मात्र सडक स्तरउन्नति भएको थियो ।

    ठेकेदारको लापरबाहीका कारण यो अवस्था आउन पुगेको हो " एक स्थानीयले गुनासो गरे । लापरबाहीका कारण बिजुलीको तारबारमा पनि क्षति पुराएको थियो भने ढलको उचित ब्यबस्थापन नहुदा कयौं घर बस्ती छोडेर हिड्नु परेको स्थानीयको गुनासो छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology