Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्याङ्जाको भीरकोट आँधीखोलामा बिहान एक पुरुषको श'व फेला

स्याङ्जाको भीरकोट आँधीखोलामा बिहान एक पुरुषको श'व फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २, २०७८ बुधवार • ११:०६:३७ बजे
  • 649
    SHARES
  • स्याङ्जाको भीरकोट आँधीखोलामा बिहान एक पुरुषको श'व फेला

    स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ३ स्थित आँधीखोलामा बिहान एक पुरुषको श'व फेला परेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको श'व भेटिएको हो ।

    आज बिहान ६ बजेतिर स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले श'व नि'कालेका हुन् ।

    अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने पुरुषको श'वको स'नाख'त हुन सकेको छैन । श'वलाई पो'ष्टमा'र्टमका लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा ल्याइएको छ ।

    आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा माथिका आँधीखोला तथा सहायक खोला छेउछाउका बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology